युक्रेनी सेनाको दाबी : ३५ सय रुसी सेना मारिए, १४ विमान कब्जा

by समतल अनलाइन

काठमाडौं । युक्रेनले रसियाका तीन हजार पाँच सय बढी सैनिकको मारिएको दाबी गरेको छ । युक्रेनका सेनाले रुसिया सेनातर्फ भएको क्षतिबारे विवरण प्रकाशित गर्दै यस्तो उल्लेख गरेको छ ।

‘अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित तीन हजार पाँच सय बढी रुसी सैनिकको मृत्यु भएको छ भने करिब २०० जनालाई बन्दी बनाइएको छ,’ युक्रेनको सेनाले दाबी गरेका छन् ।

युक्रेनले रसियाको १४ वटा विमान र १०२ वटा ट्यांक समेत कब्जामा लिएको जनाएको छ । तर अन्तर्राष्ट्रिय एजेन्सीहरुले यसको औपचारिक पुष्टि भने गर्न सकेको छैन ।

 
 
  
 

You may also like