एक दशकपछि यूएई भ्रमणमा टर्कीका राष्ट्रपति

by समतल अनलाइन

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा गएका छन् । झण्डै एक दशकपछि उनी पहिलो पटक यूएई भ्रमणमा गएका हुन् ।

लामो समयपछि टर्कीका राष्ट्रपतिले गरेको यूएई भ्रमणलाई महत्वका साथ हेरिएको छ । भ्रमणका क्रममा राष्ट्रपति एर्दोगानले अरब क्षेत्रका विभिन्न विषयसँगै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय र आपसी दुई पक्षीय विषयमा छलफल गर्नेछन् ।

‘अहिलेको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ राम्रो बनाउन ठूलो सहयोग हुने विश्वास लिएको छु, अब दुई देशको सम्बन्धमा नयाँ युग सुरु हुने अपेक्षा छ’, राष्ट्रपति एर्दोगानले भने । दुई दिने भ्रमणका लागि अबुधाबी प्रस्थान गर्नुअघि टर्कीको राजधानी इस्तानबुलस्थित विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले यूएईको भ्रमणमा जान लाग्दा आफू उत्साहित रहेको पनि उल्लेख गरेका छन् ।

टर्कीको उच्चस्तरीय सरकारी टोलीले यसअघि सन् २०१३ मा यूएईको भ्रमण गरेको थियो । लामो समयपछि भएको अहिलेको भ्रमणले दुई देशका बीचमा नयाँ सहकार्य र सहमतिहरू हुनसक्ने अपेक्षा छ । रासस/एएफपी

 
 
  
 

You may also like