विहेभोजमा नाच्दा-नाच्दै लडेर मृत्यु

by समतल अनलाइन

पाल्पा । पाल्पाको धनुवाटोलमा विवाहको भोजमा नाचगान गर्ने क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका-७ मौलाथरका ४० वर्षीय टलराज नेपाली छन् ।

स्थानीय कृष्णबहादुर रानाको छोरीको विवाह भोज खान धनुवाटोल पुगेका उनको भोज खाएर नाच्ने क्रममा शनिबार मृत्यु भएको हो । साथीहरूसँगै नाचगान गरेका नेपाली अचानक आफै लडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नाचगान गर्ने स्थानदेखि ७ मिटर तल खसेका नेपालीलाई स्थानीयले उठाएर सोही ठाउँ नजिकै राखेकोमा शनिबार विहान हेर्दा मृत रहेको प्रहरीलेको भनाइ छ । नेपालीको मृत्युको खबर पाएपछि प्रहरी चौकी, माथा र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले घटनाको थप अनुसन्धान थालेको छ ।

 
 
  
 

You may also like