१ फागुनबाट विद्यालय खोल्ने गरी पूर्वतयारी

by समतल अनलाइन

काठमाडौं। सरकारले फागुन १ बाट विद्यालय खोल्न अनुमती दिने तयारी गरेको छ । त्यसका लागि शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग छलफल समेत गरेको छ ।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले माघभर विद्यालय बन्द घोषणा गरेको छ । जोखिम न्यूनीकरणलाई दृष्टिगत गरी विद्यालय खोल्ने पूर्वतयारी गरेको हो ।

विद्यालय खोल्दा कोरोना भाइरसको रोकथामका उपाय अपनाउने गरी तयारी समेत थालेको छ । सम्बन्धित स्थानीय निकायलाई विद्यालय खोल्न अनुमती दिने गरी सरकारले अन्तिम तयारी गरेको बुझिएको छ ।

सरकारले बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप दिन थालेको छ । यसले पनि पठनपाठन भौतिक रुपमा खुलाउने अवस्था विकास भएको समिक्षा समेत भएको छ ।

 
 
  
 

You may also like