थपिए २ हजार ५२६ कोरोना संक्रमित, १६ को मृत्यु

by समतल अनलाइन

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा २५२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६५५ जनाको पीसीआर परीक्षणमा १६०२ र ४ हजार ४१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ८४२५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९२ दशमलब ९ रहेको छ ।

 
 
  
 

You may also like