देशभर फैलिंदै पश्चिमी वायुको प्रभाव, बर्षा र हिमपातको सम्भावना

by समतल अनलाइन

काठमाडौं । देशभर पश्चिमी वायुको प्रभाव फैलिंदै गएको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) विहान सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा सामान्यदेखि पूणर्ताया बदली रहेको छ ।

बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले आजराति देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका पहाडी तथा तराइका थोरै भू-भागमा हल्का वर्षा हुने जनाएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । वर्षा र हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न तथा सुरक्षित र सतर्क रहन विभागले आग्रह गरेको छ ।

 
 
  
 

You may also like