अमेरिकी महिलाद्वारा तरवार प्रहार गरी प्रेमीको हत्या

by समतल अनलाइन

काठमाडौं । अमेरिकाको मिसौरी राज्यको केप गिर्राडिउका प्रहरी विभागले ब्रिटानी ए. विल्सन नामक एक महिलाले आफ्नो प्रेमीको तरवार प्रहार गरी हत्या गरेको जनाएको छ । उनले २४ डिसेम्वर शुक्रवार क्रिशमसको पूर्वसन्ध्यामा सो हत्या गरेको बताइएको छ ।

प्रहरीले ३२ वर्षीया विल्सन शुक्रवारको रात पे्रमीसँग बिताएको घर बाहिर लुगामा रगत लागेको अवस्थामा भेटाइएको र तथा तरवार पनि घर सामु फेला परेको बताएको छ ।

 
 
  
 

You may also like