ओमिक्रोन फैलिएसँगै बेलायतमा एकै दिन थपिए ८८ हजार बढी संक्रमित

by समतल अनलाइन

काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै निरन्तर नयाँ संक्रमितको संख्या पनि उल्लेख्य रुपमा बढिरहेको छ । बिहीबार बेलायतमा कोरोनाका ८८ हजार ३७६ नयाँ संक्रमित थपिएका हुन् ।

इङ्ल्याण्डका प्रमुख मेडिकल अफिसर क्रिस ह्वीटीले ओमिक्रोन भेरियन्ट अहिलेसम्मकै तीव्र गतिमा संक्रमण फैलिइरहेको बताएका छन्। यद्यपि बुस्टर डोज खोप अभियान तीव्र पारिएसँगै यसको संक्रमणमा छिटै नै कमी आउने उनको भनाइ छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यसअघि नै मानिसहरुलाई बुस्टर डोज लगाउन आग्रह गरिसकेका छन् । उनले बुस्टर डोज नै ओमिक्रोन भेरियन्टविरुद्ध लड्ने महत्वपूर्ण उपाय भएको उनको भनाइ छ । यद्यपि अब बेलायतमा लकडाउन भने नहुने उनले बताएका छन् ।

यसअघि बुधबार पनि बेलायतमा ७८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए । ओमिक्रोन भेरियन्ट अत्यधिक संक्रामक देखिए पनि यसबाट गम्भीर बिरामी पर्ने जोखिम भने कम देखिएको वैज्ञानिकहरुले बताएका छन् । यद्यपि यसबाट बच्नको लागि आवश्यक सतर्कता भने जारी राख्नुपर्ने उनीहरुको भनाइ छ ।

 
 
  
 

You may also like