61
काठमाडौं। लोकसेवा आयोगले स्वास्थ्यतर्फ विभिन्न पदमा ९६ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले आज (बुधबार) जारी गरेको सूचनाअनुसार स्वास्थ्यका ७ र ८औं तहमा विभिन्न पदका लागि ९६ जना माग गरिएको हो ।
खुला, सामावेशी र आन्तरिक प्रतिस्पर्धामार्फत उक्त पदपूर्ति गरिने लोकसेवा आयोगले उल्लेख गरेको छ । मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिस्ट, फिजियोथेरापिस्टलगायत पदमा कर्मचारी भर्नाका लागि विज्ञापन गरिएको हो ।
हेर्नुस् विज्ञापन