गुल्मी मुसिकोटका अर्जुन निमोनिया र फोक्सोको समस्याले अस्पतालमा छट्पटाउदै

by समतल अनलाइन

आर्थिक अभाव देखिएकोले सहयोगको लागि परिबारको अपिल
हरि पाठक
गुल्मी ।केही समय पहिले कोरोना पोजेटिभ देखिएर निको भएको र पुन स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका गुल्मी मुसिकोट नगरपालिका वडा नं. १ का अर्जुन नेपाली अहिले फोक्सो र निमोनियाको समस्याले अस्पतालमा छटपटाईरहेका छन् ।अस्पतालमा रोगसँग छटपटाइरहेका भाइको उपचारमा खर्च अभाव भएपछि उनका दाजु इन्द्र नेपालीले आर्थिक सहयोगको याचना गरेका छन् ।

‘फोक्सो र निमोनिया’ बाट पीडित ३६ बर्षीय अर्जुन नेपालीको उपचारमा खर्च धेरै लाग्ने भएपछि नेपालीले इच्छुक सबैलाइ आर्थिक सहयोग गरिदिन अपिल गरेका हुन् ।

अर्जुन करिब एक महिना अघिबाट रूपन्देहीको भैरहवा स्थित मेडिकल कलेज अस्पतालमा उपचाररत छन् । कमजोर आर्थिक अवस्थाका अर्जुनले बुटवलमा फलफूल बेचेर बचेको रकमबाट उपचार गरिरहेको र अस्पतालमा अझै बस्नुपर्ने र रकम धेरै लाग्ने भएकोले आर्थिक अबस्था दयनीय हुँदा निरन्तर अस्पतालमै उपचार गराईरहनुपर्ने अस्पतालले बताएपछि उनीमाथि आर्थिक अभावको ठूलै बज्रपात परेको छ । भाइ अर्जुन अस्पतालमा छटपटाइरहेकोले नयाँ जीवनको आशामा बिरामीको दाइ इन्द्रले सबैसँग सहयोगकको अपिल गरेका हुन् ।

उनले भने -‘केही समय बैदेशिक रोजगारमा बसेर आएपछि आफ्नै देशमा केही पेशा गरौँ भनेर मैले र भाइले वुटवलमा फलफूल ब्यबसाय थाल्यौँ दिनभरी फलफूल बेचेर घरपरिबार पाल्नै ठिक्क जस्तै हुने र भाइको थप उपचार गर्न अहिले आफूसँग आबश्यक रकम नभएकोले मैले भाइको उपचारमा कसरी रकम जुटाऔं, अलि-अलि भएको पैसा पनि आजसम्म अस्पतालमै बस्दाबस्दै उपचार गर्दागर्दै सक्कि सक्यो, कृपया भाइलाई सहयोग गरिदिनुस् ।’

इन्द्रले आर्थिक सहयोगका लागि विभिन्न माध्यमहरु र गाउँ समाज आपन्तजन ईष्टमित्रहरूलाई आग्रह गरेका छन् । अर्जुन र श्रीमती शान्ताको मुसिकोट एकबाट बिवाह भएको हो । अहिले उनको श्रीमतीसहित १४ र १० बर्षका साना-साना दुई छोरी र ८ बर्षीय एक छोरा छन् ।

उनलाइ सहयोग गर्ने इच्छुक महानुभावहरुले उनका दाजु ईन्द्र नेपालीले शाइन रेसुङ्गा बैंकको खाता नम्बर ००८००४०००३८८८८०००००१ मा रकम जम्माको लागि अपिल गरेका छन् ।
बिस्तृत जानकारीको लागि
सम्पर्क नम्बर ईन्द्र नेपाली :९८६७२५६४००
दिलु नेपाली : ९८४११४३०११

 
 
  
 

You may also like