खाङतेका हिमाल चढ्ने क्रममा बेपत्ता तीन फ्रान्सेलीको शव भेटियो

by समतल अनलाइन

सोलुखुम्बु । सोलुखुम्बुस्थित खाङतेका हिमाल आरोहण क्रममा बेपत्ता फ्रान्सका तीन नागरिकको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख कवित कटुवालका अनुसार खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका उनीहरू कात्तिक ९ गतेदेखि बेपत्ता भएका थिए । प्रहरी नायब उपरीक्षक कवित कटुवालका अनुसार फ्रान्सेली नागरिकहरू थोमस, गाब्रियल र लुइसको शव आइतवारै भेटिएको थियो ।

तर हेलिकोप्टरमार्फत सोमबार उद्धार गरेर लुक्ला ल्याइएको छ । उनीहरू आठ जनाको समूहमा होलिडे हिमालय ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत गत असोज १८ खाङतेका हिमाल आरोहणमा गएका थिए । बेपत्ता आरोहीको खोजी गर्न हेलिकोप्टर प्रयोग गरिएको थियो । एउटै समूहमा गएकामध्ये अन्य ५ जना यसअघि नै सम्पर्कमा आइसकेका थिए ।

 

 
 
  
 

You may also like