नवनियुक्त खेलकुद मन्त्रीलाई खेलकुद परिषदको भेट

by समतल अनलाइन

बुटवल । लुमिबनी प्रदेशका नवनियुक्त शिक्षा,बिज्ञान,युवातथा खेलकुद मन्त्री माननीय वसिउद्दिन खाँलाई प्रदेश खेलकुद परिषद,लुम्बिनीको पदाधिकारीले मन्त्रालयमा भेट गरि कार्यकालको सफलताको शुभकामना तथा बधाई ज्ञापन गरेका छन । परिषदका सदस्य सचिब भिम ओली सहित प्रदेश कोषाध्यक्ष कृष्ण प्रसाद देवकोटा,कार्यकारी समिति सदस्य उमा अधिकारी र रुपन्देही जिल्ला खेलकुदको अध्यक्ष मनोज गौचनले मन्त्रीलाई खादालगाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना दिएका थिए ।

परिषदको टिमले यस अघि गरेको नीतिगत निर्णय,जिल्ला खेलकुद बिकास समिति,खेल सँघ,खेल गतिविधि,कर्मचारी र बजेटको अवस्था र कार्यान्वयनको बारे जानकारी गराउदै खेलकुदमा अब्बल प्रदेशको विकासमा लाग्न सुझाव दिएका थिए । लुम्बिनी प्रदेशबाट धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उत्पादनभएको भन्दै यहाको पुर्वाधार विकासमाजोड दिन सके आगामीदिनमायसको निरन्तरताहुने सदस्यसचिववलीले बताए । रुपन्देही क्षेत्रलाई अबको खेल विकासमा प्राथमिकतामा राखेर अगाडी बढाउनुपर्ने भन्दै यसमा मन्त्रालयबाट आवश्यक पहल गर्न समेत सुझाव दिए ।
कार्यक्रममा मन्त्रीखांले खेलकुद क्षेत्रमा गरिएको लगानीबाट मानवस्वस्थ्यहुने हुदा प्राथमिकतामा पर्ने बताए । नेपालीहरुको दोस्रो पवित्र महानचाड तिहारपछि खेलकुद गतिविधिले गतिलिने उनले बताए ।

 
 
  
 

You may also like