यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

by समतल अनलाइन

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) समेत तीन दिन (शनिबार) सम्मको सम्भावित मौसमको विवरण सार्वजनिक गरेको छ ।

आज बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार अहिले देशको पहाडी तथा हिमाली भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

जसमा भनिएको छ : देशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाले उक्त क्षेत्रका बासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउन हुन अनुरोध छ । मौसमविद्का अनुसार आज बिहीबारसमेत ३ दिनको मौसम अनुमान यस्तो छ–

बिहीबार (आज)
दिउँसो – देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ । पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति – देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ ।

शुक्रबार
दिउँसो – देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति – देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार
दिउँसो – देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति – देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

(नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले बिहान १०र११ बजेदेखि दिनभर अर्थात् साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि रातभर अर्थात् भोलि बिहान ६ बजेसम्मको अवधि बुझ्नु पर्छ । यस्तै आंशिक बदली भनेको धेरैजसो आकाश खुला, थोरै बादल तथा सामान्य बदली भनेको यसको उल्टो अवस्था हो । मौसम सफा भनेको कतै बादल नलागेको अवस्था हो ।)

 
 
  
 

You may also like