गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुली टिकटक परिवारद्धारा खाद्यान्न हस्तान्तरण

by समतल अनलाइन

निरु थापा
बुटवल । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान र मिलिजुली टिकटक परिवारको संयुक्त आयोजनामा खाद्यान्न हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देविनगरमा रहेको नेपाल अपांग आश्रममा आक्षितको लागि संहयोग गर्ने उद्देश्यले प्रतिष्ठान र टिकटक परिवारले संयुक्त रुपमा संहयोग गरेको हो । खाद्यान्न हस्तान्तरण कार्यक्रममा परिवारकी संरक्षक रारा सैजू , रेखाले गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानले विभिन्न सामाजिक कार्य गदै आएको र अहिले मिलिजुलि टिकटक परिवारसंगै संयुक्त रुपमा अहिले सम्म पूर्व मेचीकाली देखि पश्चिम महाकाली सम्म ४३ वटा ठाउँका विभिन्न नागरिकहरुलाई भोकालाई भोजन , नाङगोलाई कपडा र असायलाई साहारा दिदै आएको बताउनु भयो । सामाजिक संञ्जाल टिकटकको माध्यमबाट देश तथा विदेशमा रहनुभएका नेपाली र विदेशी व्यक्तिहरुको जोडिएको परिवारले विभिन्न सन्देशमूलक भिडियोको माध्यमबाट र लाइभको माध्यम बाट र विभिन्न टिकटक परिवारमा आवद्ध व्यक्तिव्वहरु बाट प्राप्त संहयोगले सामाजिक कार्य गदै आएको बताउनु भयो । यस्तै कार्यक्रमका प्रमुख अतिथि मिलिजुली टिकटक परिवारका सल्लाकार अमृता भट्टराईले यस टिकटक परिवारमा आवद्ध भएका हामी जस्ता व्यक्तिहरुको सानो सानो संहयोगबाट दु,खी , पिडित र असायहरुलाई संहयोग गर्नु नै महव्वपूर्ण पुन्य कार्य भएको हुदाँ आफनो जन्मदिनको अवसर पारेर आश्रमलाई संहयोग गरेको बताउनु भयो । उहाँले आगामी दिनमा पनि साथ, संहयोग रहने विश्वास व्यक्त गर्नु भयो । त्यस्तै खाद्यान्न हरुतान्तरण कार्यक्रमका संयोजक माधव भट्टराईले मिलिजुली टिकटक परिवारले संहयोग गरेका जुनसुकै संहयोगको संही ठाउँमा सदुपयोग गर्न आग्रह गदै संयोगी मनहरुलाई धन्यवाद दिनु भयो । उहाँले यस परिवारमा आउने प्राप्त रकम कुनै व्यक्ति बाट अनियमितता नहुनेमा समेत विश्वस्त पार्नु भयो ।
कार्यक्रममा आश्रम आश्रितका लागि १० बोरा चामल, ५० के जी आलु , २५ के. जी व्याज, ५ के. जी लशुन, २० के . जी दाल, १० के. जी सोयाविन, १० के.जी चिनी, मरमसला , २ पेटी तेल सहित गुल्मेली फेन्सीका राजेन्द्र थापा र सिता थापा बाट २९ थान कपडा गरी ४५००० हजार बराबरको खाद्यान्न हस्तान्तरण गरेको मिलिजुली टिकटक परिवारकी संरक्षक रारा सैजू (रेखा)ले जानाकारी दिनु भयो । कार्यक्रकमा परिवारकी संरक्षक रारा सैजू (रेखा)को अध्यक्षता, सल्लाकार अमृता भट्टराईको प्रमुख आतिथ्यता, सामाजिक अभियन्ता शिव पोखर्रेलको विशिष्ट आतितथ्ता, लायस क्लव अफ सयपत्रिका पूर्व अध्यक्ष संविना श्रेष्ठ, नेपाल अपांग आश्रमका अध्यक्ष डोल बहादुर रामदान शुभकामना मन्तव्य , परिवारका सल्लाकार एवम कार्यक्रम संयोजक माधव भट्टराईलको स्वागत मन्तव्य र पत्रकार निरु थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like