कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पाल्पामा आफ्नो कारोबार सुरु

by समतल अनलाइन
Shares

पाल्पा। “हरेकको आय, हरेकको व्यवसाय” भन्ने मूल नाराका साथ पाल्पा जिल्लाको तानसेनमा ‘कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ को प्रधान कार्यालयको भव्य रूपमा उद्घाटन गरिएको छ।

कृषकहरुको व्यवसाय, सीप, प्रविधि विकासको थालनी गर्दै अगाडि बढ्ने मार्गदर्शन रोजेको सहकारी संस्थाले तीन जिल्ला पाल्पा, गुल्मी र रुपन्देही लाई समेटेर आफ्नो कार्यक्षेत्र बनाएको छ। तानसेनको विशालमा अबस्थित यस कार्यालयले कृषकहरुलाई उधमशिलतामा प्रेरित गर्दै सबैको व्यवसायको वृद्धि र विकासमा नेतृत्व गर्ने अठोटका साथ अगाडी बढेको छ।

लुम्बिनी प्रदेश सांसद तथा नेपाल कम्यूनिष्ट पार्टी जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यले उद्घघाटन गर्नुभएको थियो। कार्यक्रममा बोल्दै आचार्यले गाउँ – गाउँमा उत्पादन भएका वस्तुलाई सहज रुपमा बजारीकरण गर्नमा यस संस्थाले महत्पूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै कृषकको जटिलता र नीतिगत कुरामा सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो।

यस्तै संस्थाको बारेमा जानकारी गराउँदै
संस्थाका सेयर सदस्य रामप्रसाद ढकालले गाउँमा उत्पादन बजारमा बिक्री गर्ने संस्थाको उद्देश्य रहेको बताउनुभयो।
सहकारी मार्फत समाज बदल्ने, बिदेसिएका युवाहरुलाई नेपालमै आत्निर्भर गराउने, गुल्मी, पाल्पा र रुपन्देही लाई जोडेर सबैलाई र सबैका लागि व्यवसायिकरण मुलक संस्था बनाउने, साथै यस संस्थाले आर्थिक समृद्धिमा सहयोग गर्ने समेत प्रस्ट्याउनु भएको थियो।

संस्थाका अध्यक्ष सुरेश ढकालको अध्यक्षता
प्रदेश सांसद तथा नेपाल कम्यूनिष्ट पार्टी जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष भुपति पाण्डे,उपाध्यक्ष शारदा नेपाल,सचिव कृष्ण भुषाल,पाल्पा व्यापार संघका वरिष्ठ उपाध्यक्ष थानेश्वर गैरे,जिल्ला ऋण तथा बचत संघका अध्यक्ष जग्दीश भट्टराई,घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख डिआर भण्डारी लगायतको उपस्थिति रहेको थियो।

You may also like

This will close in 0 seconds