सिता भण्डारी मृत्यु प्रकरण : ३ जना पुर्पक्षका लागि कारागार चलान

by समतल अनलाइन
139Shares

बुटवल। रुपन्देहीको मणिग्रामकी सिता भण्डारी पाैडेलकाे मृत्युु प्रकरणमा ३ जना अाराेपी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।भदौ २० गते बिहान अाफ्नै काेठामा मृत भेटिएकी २७ बर्षिय सिता पाैडेलका आफन्तले सिताकाे मृत्युु अात्महत्या नभए हत्या भएकाे दावी गर्दै अाएका थिए।

मृतक सिताका माईती पक्षले श्रीमान टिका पाैडेल, जेठाजु हरी पाैडेल,अमाजु बिष्णु पाैडेलले आत्महत्याका लागि बाध्य पारेको भन्दै आत्महत्या दुरुत्साहनमा मुद्दा दिएका थिए।जिल्ला अदालतका माननिय न्यायाधीश पिताम्वर शर्माकाे ईजलासमा भएकाे थुनछेक बहस पछि बुधवार उनिहरुलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको हाे।

उक्त मुद्दामा सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता डम्बर काफ्ले, सहन्यायाधिवक्ता पुणेन्द्र पाण्डे र बिमल पन्थी तथा निवेदकका तर्फबाट अधिवक्ताहरु बावुराम भुसाल, नागेन्द्र बस्याल र मुन्नी न्याैपानेले बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट अधिवक्ताद्वय शालिकराम बन्जाडे र कृष्णप्रसाद पाेखरेलले बहस गरेका थिए।प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे समेतको सहयाेगमा गरेकाे अनुसंधानमा सिताले सुसाईड नाेट लेखेर अात्महत्या गरेकाे फेला पारेकाे थियोे ।

 

 

Comments

You may also like