काङ्ग्रेस नगर चुनाव अपडेट : बुटवलमा २०० मत गन्दा पाण्डे १५१ अगाडि केसी ४५

by समतल अनलाइन

बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको बुटवल उपमहानगरपालिकामा हाल सम्म २०० मत गणना भएको छ । जसमध्ये सभापतिका उम्मेदवार खेलराज पाण्डेले १५१ मत प्राप्त गरेका छन भने अर्का उम्मेदवार रिता केसीले ४५ मत प्राप्त गरेकी छन् ।

त्यसैगरि उपसभापतिका उम्मेदवार ज्योती भन्डारीले १४३, हितमान पुनले ११०, नरबहादुर रजालीले ८७ र हरिलाल सुनारले ३१ मत प्राप्त गरेका छन् ।

सचिव तर्फ गंगा पन्थिले १०२, छायाँ पोख्रेलले १२३, जय प्रकाश भट्टराईले ८५ र सन्तोष पौडेलले ५० मत ल्याएका छन् ।

त्यस्तै सहसचिव तर्फ देवलाल अर्गलीले १०५, पुरुषोत्तम खनालले ९६, गणेश घिमिरेले १०७ र सुदन बास्कोताले ५५ मत प्राप्त गरेका छन् ।

 
 
  
 

You may also like