संविधान पुर्नलेखनको माग गर्दै जनमुक्ति पार्टीले गर्‍यो बुटवलमा खबरदारी प्रर्दशन

by समतल अनलाइन

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले नेपालको संविधान २०७२ को पुनर्लेखनको माग राख्दै आज बुटवलमा खबरदारी सभा तथा प्रर्दशन गरेको छ ।
प्राप्त उपलब्धीको रक्षा गर्दै सर्वस्वीकार्य बनाउन संविधानको पुनर्लेखन गर्नुपर्ने जनमुक्ति पार्टीको माग छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सुर्यवंशीले संविधानको खारेजीको लागि नभएर सबै नेपालीहरुलाई सर्वस्वीकार्य बनाउन पुनर्लेखन गर्नुपर्ने बताए ।

हरेक वर्षको असोज ३ गते संविधान पुनर्लेखनको माग राखेर पार्टीले खबरदारी सभा तथा प्रर्दशन गर्दै आएको स्मरण गर्दै कार्यकारी अध्यक्ष सुर्यबैशीले संविधानबाट प्राप्त उपलब्धीको रक्षा गर्दै संविधानलाई सर्वस्वीकार्य बनाउन पुनर्लेखन गर्नु पर्नेमा जोड दिए ।

संविधान खारेज गरेर अर्काे संविधान ल्याउने नभएर प्राप्त उपलब्धीको रक्षा गर्दै राजनीतिक सहमतिमा संविधानमा भएका कमिकमजोरी सच्याएर छुटेका बिषय समावेश गर्न पुनर्लेखन गर्न आवस्यक रहेको बताए ।

संविधानमा भएका गलत कुरालाई हटाएर छुट्टेका कुरालाई समावेश गर्ने विधिको स्थापना गर्न राष्ट्रिय राजनीतिक सहमती आवश्यक रहेको उनले बताए ।

संविधानमा रहेको राज्य पुर्नसंचरना सम्बन्धी व्यवस्थानै पुनर्लेखनको आवश्यकता रहेको जनमुक्ति पार्टीको माग छ ।

राष्ट्रय जनमुक्ति पार्टी (लुथम) प्रदेश कमिटीका अध्यक्ष झमबहादुर गुरुङको अध्यक्षतामा भएको खबरदारी सभामा पार्टीका संघीय परिषद उपाध्यक्ष मनिराम चौलागाई,संघीय परिषद सचिब मोविज अली,संघीय परिषद सदस्य मधु राना,जनमुक्ति युवा महासंघका केन्द्रीय अध्यक्ष शंकर गाहा,प्रदेश उपसचिब चित्र गुरुङ, पार्टीका रुपन्देही जिल्ला अध्यक्ष प्रेमबहादुर थापा लगायतले संविधानलाई सबै नेपालीलाई सर्वस्वीकार्य बनाउन पुनर्लेखनको विकल्प नभएको बताए ।

यसअघि बुटवलको राजमार्ग चौराह स्थित लखन चोकबाट सुरु भएको प्रर्दशन , मिलनचोक, हस्पिटल लाईन हुँदै ट्राफिक चोकमा पुगेर खबरदारी सभामा परिणत भएको थियो ।

 
 
  
 

You may also like