117
विराटनगर। मोरङको विराटनगरमा आफ्नै घरको ४ तलामाथिबाट हामफाल्दा मोरङ सुन्दरहरैंचाकी एक १८ वर्षीया युवतीको शनिबार राति ज्यान गएको छ ।
घरमाथिबाट हामफालेकी सुन्दरहरैंचा नगरपालिका–९ की १८ वर्षीया रुवि मुखियाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । घटनाको अनुसन्धान थालिएको श्रेष्ठले बताए ।