चीनबाट ल्याएको ४४ लाख डोज खोप १८ वर्षमाथिका सबै नागरिकलाई

by समतल अनलाइन
Shares

काठमाडौं। चीनबाट खरिद गरी आज (शुक्रबार) एकै दिन ल्याइएको ४४ लाख कोभिड–१९ विरूद्धको भेरोसेल खोप काठमाडौं आइपुगेको छ । खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहीबार बेइजिङ गएको थियो ।

सरकारले चीनबाट ल्याएको खोप ४ असोजबाट लगाउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने छ ।
असोज ४ बाट काठमाडौंमा भेरोसेलको दोस्रो डोज खोप
काठमाडौमा असोज ४ गतेदेखि चिनियाँ भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्म चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयलले जनाएको छ ।

आज (शुक्रबार) चीनबाट खरिद गरेर एकैपल्ट ल्याइएको कोरोना भाइरस संक्रमणविरुद्धको भेरोसेल खोप ।
निर्देशनालय अनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइँदैछ । वडाभित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ । यस्तै कीर्तिपुर नगरपालकिामा १० ठाउँमा दोस्रो डोज लगाइदैछ भने चन्द्रागिरी नगरपालिकामा १५ ठाउँमा दोस्रो डोज चिनियाँ खोप लगाइँदैछ ।

काठमाडौंको नागार्जुन नगरपालिकाको १० ठाउँ, तार्केश्वर नगरपालिकाको ११ ठाउँ, दक्षिणकाली नगरपालिकाको ९ ठाउँ, बुढानीलकण्ठ नगरपालिकाको १३ ठाउँ, टोखा नगरपालिकाको ११ ठाउँ, गोकर्णेश्वर नगरपालिकाको ढ ठाउँ, शंकरापुर नगरपालिकाको ९ ठाउँ र कागेश्वरी मनोहरा नगरपालिकाको ९ ठाउँमा भेरोसेल दोस्रो डोज खोप लगाउन लागिएको मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, शसस्त्र प्रहरी अस्पताल, बलम्बु, बीर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूतीगृह, स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा खोप केन्द्र तोकिएको छ । काठमाडौंको कुन ठाउँमा खोप लगाइँदैछ भन्नेबारेमा सूची तल उल्लेख गरिएको छ ।

You may also like