यस्तो रह्‌यो लायन्स क्लव अफ सैनामैनाको चार्टर नाइट

by समतल अनलाइन

बुटवल।लायन्स क्लव अफ सैनामैना मलमलाकाे पाँचौं चार्टर नाइट कार्यक्रम सम्पन भएको छ ।
बुधबार सैनामैनामा सम्पन्न भएकाे कार्यक्रममा क्लवका संस्थापक देखि नयाँ सदस्यहरूकाे उपस्तिथि रहेकाे थियो । क्लवका अध्यक्ष सरोज पन्थ काे अध्यक्षतामा सम्पन भएकाे कार्यक्रममा बोल्दै प्रमुख अथिति पिजिडी लायन महेन्द्र नारायण श्रेष्ठ ले क्लवले सैनामैनामा रहेर छोटो समयमा गरेको प्रगति निकै खुशी लागेको बताए ।

उनले लायन्स आफैमा महत्त्वपूर्ण संस्था रहेकाले यसको गरिमा जोगाई राख्न र सामाजिक सेवा भावलाइ अझै उचाइमा लैजान आग्रह गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि डिस्ट्रिक चिफ एडभाइजर उमंग देवकोटा, एरिया चिफ लायन जीवन गौतम,रिजन जोन चियर पर्सन माधव खनाल , जोन चियर पर्सन एकदेव बस्याल , यसै गरी अतिथी क्लवका चार्टर प्रेसिडेन्ट कृष्ण प्रसाद शर्मा , लायन्स क्लव अफ सैनामैना स्टारका चार्टर्ड प्रेसिडेन्ट कृष्ण ज्ञवाली , क्लवका प्रथम अध्यक्ष युवराज कार्की लगायतले बोल्दै आगामी दिनमा आफनो योजनालाई सफल पार्दै क्लवले रचनात्मक काम लाइ प्राथमिकता दिने बताए। यसैबीच क्लबले चार्टर प्रेसिडेन्ट कृष्ण प्रसाद शर्मालाइ सम्मान समेत गरेको छ ।

चार्टर डे काे अवसर पारेर क्लवले सैनामैनामा रहेका असक्त अपाङ्ग तथा गरीब १० परिवारलाई दाल चामल नुन तेल लगायतका खाद्यान सामग्री वितरण समेत गरेको क्लवका अध्यक्ष सरोज पन्तले जानकारी दिए ।कार्यक्रमकाे संचालन क्लव का सह सचिब चन्द्र प्रकाश बनकाे संचालन मा सम्पन भएकाे थियाे ।

 
 
  
 

You may also like