118
नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा एक साताको अवधिमा ५० भन्दा बढी बालबालिकाको अज्ञात रोगबाट मृत्यु भएको छ ।
उच्च ज्वरो आउने, वाकवाकी लाग्ने, पसिना आउने, जोर्नी दुख्ने, हात र खुट्टामा दागहरु देखा पर्ने लक्षण देखिएका ५० बालबालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा उत्तर प्रदेशको आगरा, मथुरा, मैनपुरी, एटाह, कासगन्ज र फिरोजाबादका बालबालिका रहेका छन् । मृत्यु भएका बालबालिकामा कोरोना संक्रमण भने नभएको पुष्टी भएको छ ।
previous post