काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ११७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २,०६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार ८,७५२ जनाको पिअिसार परीक्षण गर्दा १,५७७ र ४,३६५ जनाको एन्टीजेन परीक्षण गर्दा ४८८ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर २,३३७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ । देशभर ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तीमध्ये ३४ हजार ६७६ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा २,९२३ संक्रमित छन् भने ६२२ जना आइसियुमा र १७१ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर ३६७ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।