ट्याक्टर पल्टिँदा चालकसहित दुई जनाको गयो ज्यान

रौतहट। रौतहटको देवाही गोनाहीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

मृतकमध्ये एक जना चालक रहेको प्रहरीले जनाएको छ । गए राति करिब ११ः ४५ बजे देवाही गोनाही नगरपालिका–४ स्थित खेत जोतेर फर्किने क्रममा लालबकैया नदीको बाँधमा ना ४ त १५०७ नम्बरको उक्त ट्याक्टर दुर्घटना भएको थियो । नदीको बाँधबाट झण्डै १० फिट तल झरेर पल्टेको गाडीमा सवार ४ जनामध्ये देवेन्द्र पटेलको छोरा बर्ष २० का गोविन्दा पटेल र २२ का कोबिन्द्र पटेलको घटनास्थलमै ज्यान गएको हो ।

ईलाका प्रहरी कार्यालय देवाही गोनाहिका प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । त्यसैगरी पाना पटेलका छोरा राकेश पटेल र मायाराम पटेलका छोरा कान्थ पटेल गम्भीर घाइते भएका छन् ।घाइते दुवैलाई उपचारको लागि राति नै एम्बुलेन्सबाट बीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । मृतक दुबै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर लम्सालले जानकारी दिए ।

 
 
  
 

You may also like