भारतमा कोरोनाको तेस्रो लहरको जोखिम, २३ हजार करोडको प्याकेज ल्याउने घोषणा

by समतल अनलाइन
250Shares

नयाँदिल्ली। भारतले कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमितको उपचारका लागि भन्दै २३ हजार करोडको प्याकेजको घोषणा गरेको छ ।

नव नियुक्त केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख मंडावियाले यो प्याकेजमार्फत जिल्लास्तरमा अक्सिजन, औषधि आपूर्ति र अस्पतालमा बेडको संख्या बढाइने बताउनु भएको छ । यस्तै भारतमा कोरोनाको तेस्रो लहरको जोखिम बढेको र यसले बालबालिकाको स्वास्थ्यमा असर पार्न सक्ने भएकाले यो प्याकेजले विशेष गरी बालबालिकालाई समेट्ने उनले बताएका छन् ।

भारतका सबै जिल्लाका अस्पतालमा बालबालिकाका लागि विशेष वार्डसँगै २० हजार आईसीयू बेडको पनि व्यवस्था गरिने छ । यस्तै हरेक जिल्लामा १० हजार लिटर अक्सिजनको मौज्दात राख्ने व्यवस्था गरिने भारत सरकारले जनाएको छ । यसअघि पनि भारतले कोरोना रोकथाम तथा उपचारका लागि १५ हजार करोड रुपैयाँको प्याकेज ल्याएको थियो ।

You may also like

This will close in 0 seconds