72
काठमाडौं। स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रवार राति भएको निकै रोमाञ्चक खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।
खेलको आठौँ मिनेटमा नै स्विट्जरल्याण्डले आत्मघाती गोल गर्दा स्पेन पहिलो हाफमा एक–शून्यले अगाडि रहेको थियो । त्यसपछि खेलको ६८ औं मिनेटमा स्विट्जरल्याण्डले गोल गर्दै खेललाई बराबरी बनायो । स्विट्जरल्याण्डका फ्रियुलर रेड कार्ड पाउँदै मैदान बाहिर गएपछि टिम केही दबाबमा देखिएको थियो ।
खेलको १२० मिनेटसम्म पनि कुनै टिमले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । स्विट्जरल्याण्डको लगातार तीन पेनाल्टी स्पेनका किपरले रोकेपछि हार बेहोरेको हो ।