काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कर छलीको आरोप लागेको छ । पूर्व राष्ट्रपति ट्रम्पको कम्पनी र यसका वित्त प्रमुख एलेन वेसलवर्गले कर छली गरेको आरोप लागेको बीबीसीले जनाएको छ ।
सो कम्पनीले करिब तीन मिलियन डलर कर छली गरेको आरोप लागेको हो । अमेरिकी अधिकारीहरुका अनुसार ट्रम्पको कम्पनीले विगतत १५ वर्षदेखि अवैध भुक्तानीमार्फत कर छली गर्दै आएको छ ।
तर कम्पनीका कानुनी सल्लाहकार समेत रहेका वेसलवर्गले कर छली नगरेको दावी गर्नुभएको छ । ट्रम्पको होल्डिङ कम्पनीले होटल र गल्फ क्लब लगायतका विभिन्न फर्महरु सञ्चालन गर्दै आएको छ ।
उक्त कम्पनीमाथि विभिन्न अपार्टमेन्टहरु भाडामा लिएको विवरण र कर्मचारीको सेवा सुविधा बिस्तारका बारेमा कर विवरणमा नखुलाइएको आरोप लागेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । ट्रम्पको कम्पनीमाथि कर छलीको आरोप लागेसँगै सरकारी अधिकारीहरुले अनुसन्धान थालेको बताएका छन् । एजेन्सी