77
काठमाडौं । गत वर्ष अमेरिकाको मिनियापोलिस सडकमा जर्ज फ्लोडको हत्या गर्ने पूर्व प्रहरी अधिकारी डेरेक चौविनर्लाइ साढे २२ वर्षको सजाय सुनाइएको छ ।
मिनेसोटा कानून अन्तरगत उनले आफ्नो दुई तिहाइ सजाय भोग्नुपर्ने छ । अर्थात उनलाई १५ वर्ष जेलमा बस्नुपर्ने छ । बाँकी रहेको ७ वर्ष उनी रेखदेखका लागि योग्य हुनेछन् ।
फ्लोडको मृत्युपछि प्रहरीले कालाजातिका मानिसहरुमाथि क्रुरता देखाएको भन्दै चर्को विरोध भएको थियो । न्यायाधीश पीटर काहिलले यो सजाय भावना वा जनमतको आधार नभएको बताए ।
२२ पृष्ठ लामो फैसलामा न्यायाधीशले चौविनले विश्वास र अख्तियारको दुरुपयोग गरेका कारण कठोर सजायको भागिदार हुनुपरेको जिकिर गरेका छन् । एजेन्सी