स-साना विद्यार्थीहरुलाई रचनात्मक कार्यमा अगाडी बढाउदै – स्कलर्स

by समतल अनलाइन

बुटवल । हिन्दु नेपालीहरुको महानचाड वडा दशैँको अवसरमा बुटवल राजमार्ग चौडाहामा रहेको स्कलर्स होम बोर्डिंग स्कुलले स-साना विद्यार्थीहरुलाई दशैँको सास्कृतिक महत्व झल्कने गरि जमरा र टिका ग्रहण गरि खुसि साटासाट गरिएको छ।

विद्यालयको प्रांगणमा भएको कार्यक्रममा विद्यार्थी , शिक्षकको उपस्थिति रहेको थियो। विद्यार्थीहरुलाई हिन्दु संस्कृति प्रति जागृत बनाउन सहयोगीको भूमिका खेल्ने विश्वासले कार्यक्रमको आयोजना गरिएको प्राचार्य बाबुराम बन्जाडेले बताउनुभयो।

त्यस्तै गरी वडा दशैको पहिलो दिन अर्थात नवरात्रको पहिलो दिन पुजाआजा गरि मनाइएको थियो।

 
 
  
 

You may also like