चार प्रदेशमा भारी वर्षाको सम्भावना, होशियार रहन आग्रह

काठमाडौं । आज (बुधबार) सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका छन् । काठमाडौंमा आज अपरान्ह्पछि सामान्य वर्षा हुनेछ । ‘काठमाडौंमा आज अपरान्ह्पछि बदली भएर सामान्य वर्षा हुनेछ । तर, यो केही समयका लागि मात्रै हुनेछ’, मौसमविद् प्रधानाङ्गले भने, ‘काठमाडौंको आजको अधिकतम तापक्रम २९–३१ डिग्री सेल्सियसको बीचमा रहने छ ।’

यस्तै आज राति देशभर सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ । भारी वर्षाको सम्भावना रहेका स्थानमा बाढी तथा पहिरो जाने सम्भावना हुने भएकाले सतर्क रहन पनि विभागले भनेको छ । भिरालो बस्ती तथा नदी तटीय क्षेत्रमा विशेष गरी सतर्क हुन विभागले आग्रह गरेको छ ।

 

 
 
  
 

You may also like