उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयको सेवा आजबाट नियमित

by समतल अनलाइन
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयको सेवा आज (मंगलबार) बाट नियमित भएको छ । कोरोना संक्रमणको त्रासका कारण अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्लाा प्रशासनले आजबाट सेवाग्राहीलाई नियमित सेवा प्रदान गर्ने भएको हो । यद्यपि सेवाग्राहीले सेवा लिनुपर्ने कारणसहित उपस्थित हुनुपर्ने छ ।

‘कोभिड–१९ को संक्रमण उच्च रहँदा मिति २०७८/१/१३ देखि यस कार्यालयबाट अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरिएकोमा मिति २०७८/३/८ देखि लागु हुने गरी सेवा सुचारु गर्ने निर्णय भएको छ’, जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै भनेको छ, ‘जनस्वास्थ्यका मापदण्डको पूर्ण परिपालना गरी अत्यावश्यक रुपमा सेवा लिनु पर्ने कारणसहित उपस्थित हुनु हुन सम्पूर्ण सेवाग्राहीमा अनुरोध छ ।’

You may also like

This will close in 0 seconds