काठमाडौं । इन्डोनेसियामा कोरोना बिरुद्धको सिनोभ्याक खोप लगाएका ३५० जना चिकित्सक र स्वास्थ्यकर्मीहरुमा एक साथ कोरोना संक्रमण पुष्टी भएपछी सो खोपको प्रभावकारिताबारे प्रश्न उठेको छ ।
इन्डोनेसियाको कुदुस जिल्लामा रहेका ५ हजार चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई खोप अभियान सञ्चालन गरी खोप लगाइएकोमा उनीहरुमा एकै साथ संक्रमण पुष्टी भएको इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमित चिकित्स र स्वास्थ्यकर्मीहरु मध्ये केहीको अवस्था गम्भीर भएका कारण अस्पताल भर्ना गरिएको छ । इन्डोनेसियामा गत जनवरीदेखि कोरोनाबिरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो ।
सो खोप लगाएका केहीमा कोरोना संक्रमण पुष्टी भएतापनि कुदुस जिल्लामा एकैसाथ कोरोना खोप लगाएकाहरुलाई कोरोना संक्रमण पुष्टी भएको भन्दै चिन्ता ब्यक्त गरिएको हो ।
यसअघि बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओले सिनोभ्याकलाई मान्यता दिंदै यो खोप लगाएका ब्यक्तिमा ५१ प्रतिशतलाई कोरोना संक्रमण नहुने स्पष्ट पारेको थियो । इन्डोनेसियामा १९ लाख ५० हजार कोरोना संक्रमित छन् भने ५३ हजार बढीको मृत्यु भइसकेको छ । एजेन्सी