डा.बाबुराम भट्टराईको प्रस्ताव राखे :दरबार हत्याकाण्ड छानविन गर्न उच्चस्तरीय आयोग गठन गरौं

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजा वीरेन्द्र वीरविक्रम शाहको वंशै नाश हुने गरी गरिएको हत्याकाण्ड अझै रहस्यमै रहनु लाजमर्दाे भएको टिप्पणी गरेका छन् ।

राजदरबार हत्याकाण्ड भएको २० वर्ष बित्दा पनि त्यसको वास्तविकता नखुल्नु गणतन्त्रकै लागि अशोभनीय विषय बनेको डा. भट्टराईको टिप्पणी छ । तसर्थ राष्ट्रिय सहमतिमा उच्चस्तरीय र निष्पक्ष छानबिन समिति बनाई वीरेन्द्रको परिवारको हत्यारा पत्ता लगाउनुपर्ने माग उनले गरेका छन् ।

‘राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा पनि त्यसवारे सत्यतथ्य स्थापित हुन नसक्नु र आरोप प्रत्यारोपको श्रृंखला चलिरहनु हाम्रो लोकतान्त्रिक गणतन्त्रनिम्ति शोभनीय हैन,’ डा. भट्टराईले सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन्, ‘राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानवीन आयोग गठन गरी यो रहस्य सदाकोनिम्ति अन्त्य गरौं ।’

२०५८ जेठ १९ गते शुक्रबार राति नारायणहिटी दरबारभित्रै राजा वीरेन्द्रको परिवारकै हत्या गरिएको थियो। जुन कसले ग¥यो भन्नेबारे हिजो जेठ १९ गते २० वर्ष पूरा हुँदा पनि रहस्यकै गर्भमा छ ।

 
 
  
 

You may also like