भारतमा पछिल्लो २४ घन्टामा थपिए १ लाख ७९ हजार ७७० संक्रमित

काठमाडौँ। भारतमा कोरोनाको संक्रमणदर क्रमश: घट्दो अवस्थामा गएको छ । तीव्र रुपमा फैलिएको कोरोना संक्रमण घट्दै गएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा थपिएका संक्रमितको संख्याले पनि संक्रमण दर घटेको देखाउँछ । २४ घण्टाको अवधिमा भारतमा १ लाख ७९ हजार ७७० संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड ७५ लाख ४७ हजार ७०५ पुगेको छ ।

बितेको २४ घण्टामा ३ हजार ५५८ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख १८ हजार ८२१ पुगेको छ ।

भारतमा २ करोड ४८ लाख ९० हजार ३२६ जनाले कोरोनालाई जितेका छन् ।संक्रमितमध्ये २३ लाख ३८ हजार ५५८ जनामा संक्रिय संक्रमण छ । जसमध्ये ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो समाचार तयार पर्दा विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ९६ लाख १६ हजार ८१६ पुगेको छ ।त्यस्तै ३५ लाख २५ हजार ५०९ जनाले ज्यान गुमाएमा छन् ।

अहिलेसम्म कोरोनालाई जित्नेको संख्या १५ करोड १४ लाख ५८ हजार ७०१ पुगेको छ ।

विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ४६ लाख ३३ हजार ६०६ रहेको छ जसमध्ये ९७ हजार ९०२ को स्वास्थ्य अवस्था गम्भीर छ ।

 
 
  
 

You may also like