एकैदिन थप ११ हजार बढीको मृत्यु

काठमाडौँ । विश्वमा एकैदिन ११ हजार बढीको मृत्यु भएको छ । वल्डोमिटर्सका अनुसार बितेको २४ घण्टामा ११ हजार ६४३ जना संक्रमितले ज्यान गुमाएका हुन् ।
सोही अवधिमा ५ लाख ३७ हजार ६६८ कोरोना संक्रमित थपिएका छन् ।यो समाचार तयार पर्दा विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ९६ लाख १६ हजार ८१६ पुगेको छ ।

त्यस्तै ३५ लाख २५ हजार ५०९ जनाले ज्यान गुमाएमा छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या १५ करोड १४ लाख ५८ हजार ७०१ पुगेको छ ।विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ४६ लाख ३३ हजार ६०६ रहेको छ जसमध्ये ९७ हजार ९०२ को स्वास्थ्य अवस्था गम्भीर छ ।

 
 
  
 

You may also like