आज सोमबार, कसरी भगवान शिव शंकरलाई खुःशी बनाउँने ?

ज्योतिषको अनुसार, सोमबार अर्थात आजको दिन भगवान शिवको लागि सबैभन्दा महत्वपुर्ण दिन हो । सोमबारको शास्त्रहरुमा निकैं महत्वपुर्ण भुमिका रहेको कुरा विश्लेषण गरिएको छ । हरेक हप्ताको सोमबार आफैंमा एक महत्वपुर्ण दिन हो, यसलाई अर्को अर्थमा भगवान शंकरको दिन पनि भन्ने गरिन्छ ।

आजको दिनमा भगवान शंकरका भक्तहरुका लागि धेरै फलदायी मानिन्छ। यसैले, यस दिन मान्छे शिव शंकर को उपासना संग विभिन्न प्रकार को उपचार गर्छन, ताकि उनिहरुलाई भोलेनाथको आशीर्वाद प्राप्त होस ।

सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो ?

सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै पौराणिक तथा धार्मिक कथाहरु छन् । यी कथाहरुमध्ये तीन कथाहरु बढी चर्चित छन् ।

पहिलो कथा-एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ । दोस्रो-एक धनी व्यापारीको छ ।

जसको छोरा थिएनन् । लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो ।

कथा अनुसार शिव र पार्वतीको कृपाले छोराको पुर्नजन्म भएको थियो । तेस्रो-शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ ।

कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ । समय समयमा व्रत बस्नाले शरीरलाई फाइदा पुर्‍याउँछ ।

व्रतको धारणा परापूर्वकालका ब्राह्मणहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाई आकर्षित गर्न प्रयोग गर्दथे ।

यसले शारीरिक स्वास्थ्यलाई फाइदा गर्ने हुँदा व्रत गर्ने स्वयं व्यक्तिले नै अनुभव गर्नसक्ने भएकाले हजारौँ वर्षदेखि यो चलन चलिआएको मानिन्छ ।

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ ।

दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडी गणेशको पूजा भने अनिवार्य नै छ । अझ साउन महिनाको सोमबारको व्रत फलदायी मानिन्छ ।सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ । त्यस्तै ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ ।

कसरी भगवान शिव शंकरलाई खुःशी बनाउँने ?

– आजको दिन तपाईले सक्नुहुन्छ भने बिहान नभए बेलुका जुनसुकै समयमा मन्दिरमा जानुहोस् अनि दूध र चिनी मिश्री भगवान शिवलाई चढाउनुहोस । यदि सोमबारको दिन अर्थात आजको दिन मन्दिर जान सक्नुहुनन भने चिन्ता नगर्नुहोस ।

एउटा कुरा शास्त्रहरुमा भनिएको छ यदि तपाईको मनमा आस्था छ भने तपाईले जुनसुकै समयमा जहाँसुकै पनि भगवानको उपासना गर्न सक्नुहुन्छ । आज पनि तपाई मन्दीर जान सक्नुहुन्न भने घरमा नैं भगवानलाई मन्दीरमा चढाउने कुराहरु चढाएर कृपा पाउँन सक्नुहुन्छ ।

– हरेक भगवानको आफ्नै विशेषता हुन्छ र मानिसले पनि त्यसै किसिमको उपासना गर्नुपर्छ । तपाईले कुन भगवानको पुजा अर्चना गर्दै हुनुहुन्छ त्यसका बारेमा तपाईलाई जानकारी हुनुपर्छ । यदि तपाईले पुजा गर्ने समयमा थोरै कुराहरु मात्रै मिलेन भने तपाईको भाग्यमा नकारात्मक खालको असर पर्न सक्ने कुराहरु शास्त्रहरुमा भनिएको छ ।

भगवान शिवको लागि बेलपत्र सबैभन्दा प्रिय लाग्छ त्यसैले यसलाई चढाउनुहोस । यसरी तपाईले आफ्नो इच्छा पूरा गर्न को लागि तपाईले भगवान शिव शंकरलाई हरेक सोमबारमा ११ वटा वेलपत्र चढाउनुहोस ।

– भगवान शिव शंकरलाई खुःशी राख्नको लागि कुनै एउटा मात्रै तरिका हुन्छ भन्ने हुँदैन । जस्तै तपाईले मन्दीरमा गएर दुध र मिश्र चढाउनुहुन्छ वा बेलपत्र भगवानलाई चढाउनुहुन्छ । यो सबैबाट तपाईलाई भगवानप्रति आस्था राखेवापत्त वा भगवानको उपासना गरेको कारण तपाईमाथि भगवानको कृपा रहन्छ र तपाईले जस्तोसुकै परस्थितीको पनि सहजै सामना गर्न सक्नुहुन्छ । त्यसैले भगवान शिवलाई तपाईले इमरती चढाएर पनि उहाँको आर्शिवाद पाउँन सक्नुहुन्छ । जसले तपाईको जीवनमा सकारात्मक असर गर्नेछ र तपाईलाई अगाडि बढ्न सहज हुनेछ ।

– भगवान शिव शंकरलाई जलसँग गहिरो प्रेम भएको कुरा पुराणहरुमा उल्लेख गरिएको छ । विभिन्न धार्मिक ग्रन्थहरुमा भनिएको छ कि भगवान शिवशंकरलाई गंगाजलसँग गहिरो लगाब थियो ।

जसका कारण आज पनि हरेक हप्ताको समोबार भगवानलाई शुद्ध गंगाजाल चढाउने गर्नाले अर्थात यस जलले पूजा गर्नाले भगवान भक्तसँग खुःशी हुन्छन भन्ने विश्वास रहँदै आएको छ । यो विश्वास छ कि भगवान शंकरलाई गंगाजजले अभिषेक गर्नाले तपाईलाई एकदमैं छोटो समयमा नैं लाभ मिल्न सुरु हुन्छ ।

– अन्त्यमा,तपाईले भगवान शिवशंकरलाई खुःशी राख्न माथि भनिएका चार कुराहरु गरिसके पछि पनि केही काम बाँकी नैं हुन्छ जसले भगवानालाई खुःशी बनाउँन महत्वपुर्ण भुमिका खेल्छ । भगवान अनुसार सबैको मन्त्र फरकफरक हुन्छ । शास्त्रहरुमा भनिएको छ जब तपाई पनि कुनै पनि भगवानको सच्चा भक्त हुनुहुन्छ र दुःखको बेलामा भगवानको याद गर्दै मन्त्र जप्नु भयो भने तपाईले त्यस समस्याबाट छिट्टै मक्ति पाउँन सक्नुहुन्छ ।

त्यस्तै,तपाईले भगवान शिवशंकरलाई प्रसन्न राख्नको लागि जप्नुपर्ने मन्त्र हो,ॐ नमों शिवाय १ यस मन्त्रलाई तपाई सोमबार मात्रै होईन हरेक दिन जप्न सक्नुहुन्छ । यसले तपाईलाई सकारात्मक उर्जा प्रदान गर्न सहयोग गर्नेछ ।

 
 
  
 

You may also like