बुटवलमा २५५ सहित रुपन्देहीमा ५८७ जनामा कोरोना संक्रमण पुष्टि , १३ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा थप ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ कार्यलयका अनुसार 1१३२८ जना परिक्षण गर्दा उक्त संख्या देखिएको हो ।

स्वस्थ्य कार्यलयका अनुसार सबैभन्दा बढी बुटवल -उपमहानगर पालिकामा २५५ जनामा कोरोना पुष्टि भएको छ भने तिलोत्तमा नगरपालिकामा १३६ जना , सिद्दार्थ नगरपालिकामा ६७ जना , सैनामैना नगरपालिका ४३ जना , देवदह नगरपालिकामा ३६ जना , कन्चन गाउँपलिकामा १२ , शुद्दोधनमा पनि १२ जना कोरोना संक्रमण देखिएको छ।

त्यस्तै ओमसतिया गाउँपालिकामा ७ जना, रोहिणीगाउँपालिक र सियारी गाउँपालिकामा ५।५ जना, गैडहवा गाउँपालिका र मायादेबी गाउँपालिकामा ३।३ जना, लुम्बिनी साँस्कृतिक नगर पालिकामा २ जना र कोटहिमाई गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा १३ जनाको मृत्यु भएको छ भने २३३ जनाको मृत्यु भएको छ। जिल्लामा सकृय संक्रमितको ४९५५ रहेको छ ।

 
 
  
 

You may also like