मजदुर दिवसमा प्रधानमन्त्रीको सन्देश : मजदुरको न्यूनतम मासिक तलब १५ हजार पुर्‍याउँछौं

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको दाबी गरेका छन् । मजदुर दिवसको शुभकामना व्यक्त गर्दै उनले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४५० रुपैयाँबाट बढाएर आउँदो आर्थिक वर्षदेखि १५ हजार रुपैयाँ पु¥याइने प्रतिबद्धता पनि जनाएका छन् । प्रधानमन्त्री ओलीले मजदुरको दैनिक पारिश्रमिक पनि ५१७ रुपैयाँबाट बढाएर ५७७ रुपैयाँ बनाइने बताएका छन् ।

उनले वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको र देशभित्रैका मजदुरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगाएका व्यवस्था गरिएको पनि दाबी गरेका छन् ।

 
 
  
 

You may also like