भारतमा एकै दिन थपिए चार लाख बढी कोरोना संक्रमित, ३,४६४ को मृत्यु

नयाँदिल्ली। भारतमा दिन दिनै कोरोना महामारीले भयावह अवस्था बनाउँदै लगेको छ । भारतमा एक दिनमै थप ४ लाखभन्दा बढी व्यक्तिलाई कोरोना संक्रमण भएको छ ।

बीबीसी हिन्दीका अनुसार पछिल्लो २४ घण्टा (शुक्रबार राति ११ बजेसम्म) मा थप ४ लाख ८ हजार ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टाभित्र भेटिएका संक्रमितको यो संख्या विश्वमै अहिलेसम्मकै बढी हो ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण ३ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमणमा परेका व्यक्तिको कूल संख्या १ करोड ९१ लाख ६३ हजार ४८८ पुगेको छ भने यसकै कारण मृत्यु भएकाको संख्या २ लाख ११ हजार ७८८ पुगिसकेको छ ।

 

 
 
  
 

You may also like