२४ घण्टामा नेपालमा कोरोनाबाट २,६१८ संक्रमित , १४ जनाको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १४ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार ६१८ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार १३६ पुगेको छ । संक्रमित हुनेको संख्या २ लाख ९७ हजार ८७ पुगेको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा ३६८ संक्रमित निको भएका छन् । हाल १६ हजार ८२८ संक्रमित आइसोलेसनमा छन् भने ७१ जना क्वारेन्टिनमा छन् । नेपालमा हालसम्म २ लाख ७७ हजार १२३ संक्रमित निको भइसकेका छन् । पछिल्लो समय नेपालमा पनि दोस्रो लहरको कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको छ । समुदायस्तरमा फैलिएको संक्रमण रोक्न सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक गरेको छ ।

\

 
 
  
 

You may also like