भारतमा कोरोनाबाट एकैदिन २६२४ जनाको मृत्यु, ३ लाख ४६ हजार संक्रमित

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण हरेक दिन बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट २६२४ जनाको मृत्यु भएको छ ।भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ८९ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ८९ हजार ५४४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ४६ हजार ७८६ जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड ६६ लाख १० हजार ४८१ पुगेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म एक करोड ३८ लाख ६७ हजार ९९७ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा २ लाख १९ हजार ८३८ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।त्यस्तै अहिले भारतमा २५ लाख ५२ हजार ९४० कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल २७ करोड ६१ लाख ९९ हजार २२२ नमुना परिक्षण गरिएको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १७ लाख ५३ हजार ५६९ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कुल १३ करोड ८३ लाख ७९ हजार ८३२ जनाले कोरोनाको खोप लगाएका छन् ।

 

 
 
  
 

You may also like