२०७८ बैसाख ११ गते शनिबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अरूलाई प्रभावित पारेर काम बन्ने छ । आयआर्जनका क्षेत्रमा सुधार आउने छ । नयाँ कार्यको प्रारम्भ हुने र पुनर्मिलनको योग पनि रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज श्रमदान गर्ने अवसर मिल्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । शुभकार्यको चर्चा चल्ने छ । प्रेम प्रसङ्गमा पनि सफल भइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्ने छ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्ने छ । वैदेशिक कार्य पनि अघि बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नसोचेको ठाउँबाट धन हात पर्नसक्छ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ, तर मालसामान हराउन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज न्यायिक कार्यमा सफलता मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना बन्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्ने छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज स्वास्थ्यसम्बन्धी चिन्ता बढ्ने छ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर हरियो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज गरेको कार्यमा अवरोध आउला । कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्ने छ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । मनोरञ्जन पनि होला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like