अफगानिस्तानमा सेनाको कारवाहीमा २७ लडाकु मारिए

काठमाडौं । अफगानिस्तानको जाबुल प्रान्तमा भएको सरकारी सुरक्षा कारबाहीमा परी कम्तीमा २७ जना विद्रोही लडाकु मारिएका छन् । पछिल्लो २४ घण्टामा सेनाको कारबाहीमा २७ लडाकुको मृत्यु भएको हो ।

सेनाले बिहीबार जारी गरेको वक्तव्यका अनुसार सुरक्षा कारबाहीका क्रममा अरु १८ लडाकू घाइते पनि भएका छन् ।

लडाकुहरूले प्रयोग गर्ने गरेको मोटरसाइकल, विस्फोटक पदार्थ तथा अन्य हतियारहरू समेत सुरक्षाकर्मीले नष्ट पारिदिएका छन् । सुरक्षा कारबाहीका क्रममा सरकारी सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने सेनाको वक्तव्यमा खुलाइएको छैन । एजेन्सी

 

 
 
  
 

You may also like