पछिल्लो भारतमा २४ घण्टामा थप ४७ हजारमा संक्रमण, २७७ जनाको मृत्यु

काठमाडौँ ।भारतमा पछिल्लो २४ घण्टामा थप ४७ हजार २६४ जनामा संक्रमण भएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १७ लाख ३३ हजार ५९४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १२ लाख ३ हजार १६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ७० हजार १०१ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ थप २७७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ४४७ पुगेको छ ।

 
 
  
 

You may also like