फ्रान्समा कोरोनाको तेस्रो लहर : पेरिससहित १५ क्षेत्रमा एक महिने लकडाउन

काठमाडौं। फ्रान्समा कोरोना भाइरस संक्रमणको तेस्रो लहर शुरु भएसँगै फेरि एक महिने लकडाउन शुरु भएको छ । फ्रान्सको राजधानी पेरिससहित अरु १५ क्षेत्रहरुमा आजदेखि लागू हुनेगरी एक महिने लकडाउनको घोषणा भएको हो ।

अहिलेको लकडाउन अघिल्लो पटकको लकडाउन जत्तिकै कडा भने नहुने फ्रान्सका प्रधानमन्त्री जीन कास्टेक्सले बताएका छन् । लकडाउनका समयमा अतिआवश्यक बाहेक अरु रोजगारीका कामहरु बन्द रहनेछन् भने विद्यालयहरु भने खुल्ने फ्रान्सको सरकारले जनाएको छ ।

यो समयमा मानिसहरु अतिआवश्यक परेमा १० किलोमिटरसम्मको दूरीमा आउजाउ गर्न पाइने तर एक ठाउँबाट अर्को ठाउँमा जान बन्देज गरिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै ३५ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् ।

समयमै खोप अभियान सञ्चालन नगरेकामा फ्रान्स सरकारको चर्को आलोचना भइरहेको छ । समयमै खोप लगाउन नसकेकाले तेस्रो लहरको सङ्क्रमण शुरु भएको भन्दै सरकारको विरोध भइरहेको छ । एजेन्सी

 

 
 
  
 

You may also like