२०७७ फागुन २८ गते शुक्रबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । बित्तीय संस्थाबाट सहयोग पाईनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्ने छन् । वित्तीय संस्थाबाट सहयोग पाईनेछ । अरूलाई प्रभावित पारेर काम बन्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आम्दानी बढाउने काम सुरू गर्न सकिने छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । नयाँ वस्त्र र अलंकारको प्राप्ति पनि हुनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मित्रवर्ग वा हितैषीबाट राम्रो सहयोग मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । नयाँ व्यवसाय वा नयाँ कार्यको थालनी पनि हुनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पती हात पर्ने योग छ । पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद रहने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको योग रहेको छ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो यात्राको योग रहेको छ । समाज सेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आर्थिक समस्याले तनावको सिर्जना हुनसक्छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज परिवारबाट सहयोग मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । साहित्यिक क्षेत्रमा रूची बढ्ने छ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नयाँ व्यक्तिसँग भेटघाट हुने समयछ । साहित्यिक क्षेत्रमा रूची बढ्ने छ । सामाजिक कार्यमा विशेष अभिरुचि रहने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक धन खर्च हुनेछ, तर वैदेशिक, राजनैतिक वा कूटनैतिक क्षेत्रको कार्यमा भने सफलता मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like