इक्वेटोरियल गिनीको सैन्य क्याम्पमा भयङ्कर विष्फोट, १७ मृत्यु, चार सय बढी घाइते

by समतल अनलाइन
Shares

काठमाडौं। अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको सबैभन्दा ठूलो शहर बाटास्थित सैन्य अड्डामा आइतबार शक्तिशाली विष्फोट भएको छ । घटनामा १७ जनाको मृत्यु भएको छ भने चार सय जनाा बढी घाइते भएका छन् ।

त्यहाँका राष्ट्रपति टिओडोरो ओबिआङका अनुसार सैन्य अड्डामा प्रयोग गरिएको डायनामाइटसँग सम्बन्धित लापरबाहीका कारण विष्फोट भएको हो ।

उनले घटनामा १५ मानिस मारिएको र ५ सय जना घाइते भएको बताएका थिए । तर पछि त्यहाँको स्वास्थ्य मन्त्रालयले १७ जनाको मृत्यु र ४२० व्यक्ति घाइते भएको जानकारी दिएको हो । एजेन्सी

You may also like

This will close in 0 seconds