अनेरास्ववियू रुपन्देहीद्धारा संगठन विस्तार कार्यलाई तिव्रता

बुटवल। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) रुपन्देही जिल्ला कमिटीले संगठन विस्तारको कामलाई तिव्रता दिएको छ । अनेरास्ववियूले फागुन १५ गते अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य सरोज पोखरेल र बालकृष्ण पाण्डेको बिशेष आतिथ्यतामा बसेको बैठकले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा संगठन विस्तारको योजना निर्माण गरी आजदेखि कार्यान्वयन गर्न जुटेको हो ।

अनेरास्ववियूले रुपन्देहीको क्षेत्र नं.–५ को हरैया मावि, रुद्रपुर मावि र सुर्यपुरा माविमा प्रारम्भिक कमिटी निर्माण गरेको छ । सुर्यपुरा माविमा अंगद मौर्यको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन भएको छ भने हरैया माविमा रोजिना सुनारको अध्यक्षतामा ५५ सदस्यीय मावि कमिटी निर्माण भएको छ । त्यस्तै रुद्रपुर माविमा प्रविण कार्कीको अध्यक्षतामा ३८ सदस्यीय मावि कमिटी निर्माण भएको छ । अनेरास्ववियूका केन्द्रीय सदस्य तारा पुरी, रमेश घिमिरे, जिल्ला कमिटी सदस्यहरु सुवास सापकोटा, साजन शर्मा पन्थी, रोशनी भण्डारी, निशान भण्डारी, प्रदिप सापकोटा, दिनेश तिवारी, टार्जन रास्कोटी लगायतको उपस्थितिमा मावि कमिटी निर्माण भएका हुन ।

त्यस्तै रुपन्देही क्षेत्र नं.–२ अन्तर्गत तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा रामु अर्यालको अध्यक्षतामा ३१ सदस्य मावि कमिटी निर्माण गरिएको छ । अनेरास्ववियूका केन्द्रीय सदस्य तथा रुपन्देही संयोजक साजन भण्डारी, केन्द्रीय सदस्य सागर सापकोटा, जिल्ला सदस्यहरु पुजन भण्डारी, अर्जुन खरेल, शुशिल सुवेदी, मनिष भुसाल, बरदान आचार्य लगायतको उपस्थितिमा मावि कमिटी निर्माण गर्नुभएको थियो ।
नहरपुर माविमा सुरज चौधरीको अध्यक्षतामा ६१ सदस्यीय मावि कमिटी गठन भएको छ । उक्त माविमा अनेरास्ववियूका केन्द्रीय सदस्य तथा रुपन्देही सहसंयोजक शेषकान्त पोखरेल, तेजेन्द्रबहादुर भण्डारी, सन्तोष अर्याल, जिल्ला कमिटी सदस्यहरु चिरन अर्याल, दिपक शर्मा, प्रेम बस्याल, कृष्ण पाण्डे, दिपेश नेपाल लगायतको उपस्थितिमा कमिटी निर्माण भएको थियो ।

उजिरसिंह माविमा बिशाल बि.क.को अध्यक्षतामा २३ सदस्यीय मावि कमिटी निर्माण गरिएको छ । उक्त माविमा अनेरास्ववियूका केन्द्रीय सदस्यहरु नविन थापा सारु, शिवलाल बेल्वासे, मनोज गौतम, रुपन्देही जिल्ला कमिटी सदस्य गोविन्द रिजाल, अशोक पोखरेल लगायतको टोलीले कमिटी निर्माण गरेको थियो ।

 

 
 
  
 

You may also like