होटल ब्यवसायीको अधिवेसन सम्पन्न

by समतल अनलाइन

बुटवल। होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको २० औ वार्षिक साधारण सभा तथा १० औ अधिवेसन आईतबार सम्पन्न भएको छ । एक समारोहका बिच लुम्बिनी प्रदेशका सभासद भोज प्रसाद श्रेष्ठले उद्घाटन गर्दै पर्यटन नै लुम्बिनीको आर्थिक विकासको आधार भएको बताए ।
यसैबिच पर्यटन क्षेत्रमा योगदान दिएका रेडियो लुम्बिनीका पत्रकार टिकाराम घिमिरेलाई पर्यटन पत्रकार पुरस्कारबाट यो वर्ष पुरस्कृत गरिएको छ । वर्तमान संघको वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठको नेतृत्वमा विभिन्न राजनितिक विचारधारा बोकेका ब्यवसायीहरुको प्यानलले चुनावी प्रचार शुरु गरेका छन भने अर्को तर्फ संघका अध्यक्ष समुन्द्र जिसिको पक्षमा गौतमको नेतृत्वमा प्यानल प्रचारमा लागेका छन । नेकपा (प्रचण्ड नेपाल पक्ष) का जिल्ला अध्यक्ष राजु गुरुङ, सचिव निर्मल जिसि, नेपाली काग्रेसका नगर सभापति खेलराज पाण्डे, ट्रेड युनियन नेता काजीमान श्रेष्ठ, नेकपाका हरि घिमिरे, तान बहादुर केसी, यज्ञ पोखरेलसहित उपस्थितिमा उम्मेदवारी घोषणा गरेका छन ।

संयुक्त प्यानलबाट अध्यक्ष पदमा जीवन प्रसाद श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा लाल बहादुर केसी, प्रथम उपाध्यक्ष लेखनाथ भण्डारी, द्घितिय उपाध्यक्ष चिरञ्जीवी पोखरेल(बाबुराम), महासचिव प्रेम बन्जाडे, सचिव अर्जुन थापा, कोषाध्यक्ष चुत्र बहादुर पौडेल (टेकु), सहकोषाध्यक्ष खेमराज पोखरेल, सदस्यहरुमा प्रदिप जिसि, केशव कंडेल, दिनेश भुषाल, रिना काफ्ले, यम गलामी, कृष्ण पाण्डे, दिपक योगी, लक्ष्मण बश्याल, सुन्दर श्रेष्ठ, होम बहादुर केसी, प्रेम भट्टराई उम्मेदवारी दिएका छन । आफू लामोसमयदेखि संघमा सदस्य पद हुँदै वरिष्ठ उपाध्यक्षसम्म योगदान दिएको भन्दै आगामी दिनमा समेत ब्यवसायीहरुको हकहितका लागि निरन्तर लाग्ने बताए । समावेशी रुपमा टिम तयार गरेर आफू लागेको बताए । संयुक्त प्यानललाई संघका केन्द्रीय सल्लाहकार तथा पुर्वअध्यक्ष देवि श्रेष्ठ, महासंघका प्रदेश वरिष्ठ उपाध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, पुर्व अध्यक्ष मोदनाथ बेल्बासेको साथ रहेको छ ।

यसैगरि गौतम नेतृत्वमा वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम, प्रथम उपाध्यक्ष मोहनलाल पाण्डे, द्धितीय उपाध्यक्ष रोमाकान्त पाण्डे, महासचिव माधव खनाल, सचिव अर्जुन थापा, कोषाध्यक्ष टंकप्रसाद पराजुली, सहकोषाध्यक्ष देवराज ढकाल, सदस्यहरुमा राजन ज्ञवाली, तुलसीराम पराजुली, डिल्लीराज अर्याल (दीपक), टंकप्रसाद पोखरेल, मोहन बस्याल, राम बहादुर न्यौपाने, माधव ढकाल, पिताम्बर राना, थम्मनबहादुर भण्डारी र अर्जुन पोखरेल रहेका छन् ।

बुटवलमा भएको व्यवासायीको भेलाले पदाधिकारीमा ८ र कार्यसमिति सदस्यमा ११ सदस्यीय समावेशी टिम बनाएर नयाँ नेतृत्वका लागि अगाडि सरेको हो । संघमा ८ सय ५० मतदाता रहेका छन ।

 
 
  
 

You may also like