बुटवलमा मगर दिवस भब्य रुपमा मनाइयो

by समतल अनलाइन

बुटवल । बुटवलमा ३९ औ मगर दिवस भब्य रुपमा मनाएका छन् । बुटवलको अस्पताल लाइनबाट सुरु भएको र्याली बुटवलका विभिन्न ठाउँको परिक्रमा गर्दै दिपनगर स्थित सिद्देस्वर माविको प्रांगणमा पुगेर सभा भएको थियो ।

र्यालीमा  मगर भेषभुसा झल्कने साँस्कृतिक झाँकीको प्रदर्शन गरिएको थियो । परम्परागत कण्डलेघर, बाटुलेघर, घुमाउनेघर जस्ता लोपोन्मुख झाँकीहरु सहित निस्केको मगर ¥यालीमा मगर भेषभुसामा सजिएका सयौं युवा युवतीहरु सडकमा निस्केका थिए ।

¥यालीपछि आयोजित सभामा बोल्ने वक्ताहरुले मगरात राज्य स्थापना गरेरै छाड्ने अठोट गरे । उनीहरुले ब्राम्हणबादी अहंकारबादले मगर लगायत आदीबासी जनजातीको अस्तित्व माथिनै धावा बोलेको बताउँदै मगरहरुको हक स्थापित गर्न मगरहरु एकतावद्ध हुनेपर्ने बताए ।

 
 
  
 

You may also like